चितवन विशेष

चितवनमा क्रिकेट रंगशाला निर्माणको काम धमाधम,दिनरात खटिए धुर्मुस

Banner

चितवन,मंसिर १४-

धुर्मस/सुन्तली फाउन्डेसनले जनस्तरमा सहयोग जुटाएर भरतपुरमा बनाउन लागेको प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान निर्माणको काम अगाडि बढेको छ । भरतपुर महानगरपालिकालाई कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपलब्ध गराएको रामपुरको जग्गामा फाउण्डेशनले रंगशाला बनाउँदै छ ।

रंगशाला निर्माणका लागि गत वर्षको माघ १६ मा भरतपुर महानगरपालिका र फाउण्डेशनबीच सहमति भएको थियो । रंगशालाको लागत झण्डै तीन अर्ब रुपैयाँ छ । गएको कात्तिक ६ गते विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक भएको थियो । लगत्तै मैदान निर्माणको काममा संलग्न भएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष कलाकार सिताराम कट्टेल धुर्मुसले बताए । अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि ७० मिटर ब्यास भएको क्रिकेट मैदान तयार हुँदैछ ।

इन्जिनियर राजेश थापा मगरले यो कामको रेखदेख गरेका छन् । ‘दुबो राख्ने र पीच बनाउने कामपछि हुन्छ । त्यसको लागि चाहिने संरचनाको काम हामीले गरी रहेका छौं । झण्डै ४० प्रतिशत प्रगति भएको छ,’ इन्जिनियर थापा मगरले भने । झन्डै २० दिनमा यति काम भएको उनले बताए । मैदानको काममा बिहान ६ बजेदेखि रातिसम्म खट्ने गरेको कट्टेलले बताए ।

फाउन्डेसन अहिले मैदान निर्माणमा केन्द्रित भएको छ । त्यसपछि प्याराफिट राख्ने संरचना बनाउने र अन्य कामहरूमा लाग्ने योजना छ । फाउन्डेसनले काम सुरु गरे पनि आर्थिक स्रोतको भने अभाव खड्केको छ । तीन अर्बको योजनाका लागि अहिलेसम्म ६ करोड रुपैयाँको हाराहारीमा मात्रै सहयोग घोषणा भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>