चितवन विशेष
उपनिर्वाचन अपडेटः दुई घण्टामा चितवनका कुन वडामा कति मत खस्यो ? हेर्नुहोस् विवरण

चितवन, मंसिर १४–
स्थानीय तहको उपनिर्वाचन अन्तरगत चितवनका तीन वटा वडामा अहिले निर्वाचन भइरहेको छ ।
भरतपुर महानगरपालिका वडा नं. १६, खैरहनी नगरपालिका वडा नं.४ र ५ मा मतदान जारी छ । विहान ७ बजेदेखि सुरु भएको मतदानामा मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ । निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
भरतपुर १६ मा तीन वटा मतदान स्थलमा मतदान जारी छ । जसअन्तरगत विहान ९ बजेसम्ममा गाविस भवन मोहनपुर मतदान केन्द्रमा २१३ मत, दुर्गा शेषकान्त अधिकारी मावि विजयनगरमा ५१९ मत, मावि ढड्ढाघारीमा ४६० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस वडामा कुल ८ हजार ४८१ मतदाता रहेका छन् ।
यस्तै पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. ४ मा ४६२ र वडा नं.५ मा २६८ मत खसेको छ । वडा नं. ४ मा दुई हजार ६९२ र वडा नं. ५ मा दुई हजार १११ मतदाता रहेका छन् ।
यसअघिको निर्वाचनमा भरतपुर १६ मा नेकपा, खैरहनी ४ र ५ मा नेपाली काँग्रेस विजयी भएको थियो ।
























