चितवन विशेष

चितवनमा उपनिर्वाचन: तीन वडामा पास नभएका सवारी चलाउन रोक

Banner

चितवन, मंसिर १२-

भरतपुर महानगरपालिका वडा नम्बर १६ र खैरहनी नगरपालिका ४, ५ वडामा मंसिर १३ गते हुने निर्वाचनमा पास नभएका सवारीसाधन चलाउन जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज जारी गरेको सूचनामा भोलि शुक्रबार बेलुका ६ बजेबाट पर्सी बेलुका ८ बजेसम्म प्रशासनले बाँडेको पास बाहेकका कुनै पनि सवारीसाधन नचलाउन निर्देशन दिइएको छ । त्यसैगरी प्रशासनले मतदान स्थलबाहेक अन्य स्थानमा पाँच जना भन्दा बढी भेला हुनलाई पनि रोक लगाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>