चितवन विशेष
बालकुमारी माविमा भएको फोटो प्रर्दशनीमा न्यु होराइजन पहिलो

चितवन, मंसिर १२-
बालकुमारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा बिहीबार भएको अन्तर विद्यालय फोटो प्रर्दशनीमा न्यु होराइज स्कुल पहिलो भएको छ ।
१५ विद्यालयका विद्यार्थीको सहभागिता रहको प्रतियोगितामा रत्ननगरको नेपाल मावि दोस्रो, भरतपुरको अर्बिट आवासीय मावि र बालकुमारी कन्या मावि तेस्रो भएका छन् । त्यसैगरी प्रतियोगितामा रन्तनगरको पञ्चकन्या विद्यामन्दिरले सान्वना पुरस्कार प्राप्त गरेको छ । प्रथम हुनेलाई पाँच हजार, दोस्रोलाई चार हजार, तेस्रोलाई तीन हजार र सान्त्वनालाई एक हजार रुपैयाँ, मायाको चिनो र प्रमाणपत्र वितरण गरिएको विज्ञान तथा फोटो प्रर्दशनी उपसमिति संयोजक सन्जिव शर्मा पौडेलले बताए ।
विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापाको अध्यक्षतामा भएको प्रर्दशनीमा स्मार्ट सिटी, खगोलिय पिण्ड, परम्परागत ढिकीजाता, सौर्यउर्जा, रोवट, डोजर विज्ञान प्रर्दशनी गरिएको प्रचार —प्रसार उपसमिति संयोजक सुमन गैरेले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले सूचना प्रविधिबाट व्यवहारिक शिक्षा हासिल गर्न सजिलो हुने बताए । यस्ता किसिमका प्रर्दशनीले घोकन्ते विद्या र सैद्धान्तिक शिक्षालाई व्यवहारमा ढाल्न उपयोगी हुने उनले बताए । सामुदायिक विद्यालयमा पछिल्लो पटक गुणस्तर खस्किदै गएको चर्चा गर्दै डल्लाकोटीले प्रविधिमैत्री शिक्षाले समाज रुपान्तरणमा टेवा पुग्ने बताए । सो अवसरमा प्रर्दशनीको अवलोकन पनि गरे । सो अवसरमा वीरेन्द्र क्यापसका प्राध्यापक डा हरिहर पैडेलले पाठ्यक्रम पढाएर भन्दा विज्ञान प्रयोगशालामा प्रयोग गरेर छिटो सिक्ने बताए ।
























