चितवन विशेष

एकाबिहानै चितवनको भरतपुर वडा नंं. १६ मा बम बिस्फोट, स्थानीय त्रसित

०
Banner

चितवन, मंसिर १२–

यही मंसिर १४ गते उपनिर्वाचन हुन लागेको वडा नं.१६ मा आज (बिहीबार) विहान बम बिस्फोट भएको छ ।

फुर्तीचोक देखि वडा कार्यालय जाने सडक खण्डको खेतमा बम बिस्फोट भएको हो । स्थानीय सुमित्रा रसाइले विहान ३ः३० बजेदेखि ठूलो आवाज आएपछि स्थानीय सबै त्रसित भएको बताइन् । बम बिस्फोटको आवाज सुनेपछि स्थानीयहरु त्रसित भएका छन् । स्थानीयका अनुसार बम बिस्फोट भएको स्थानमा टायरका टुक्रा र सिलिण्डका टुक्राहरु भेटिएको छ ।

बम कसले पड्काएको भन्ने बारे एकिन भएको छैन । चितवन प्रहरीले भने सो क्षेत्रमा कुनै बम बिस्फोट नभएको दाबी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>