चितवन विशेष

चितवनमा उपनिर्वाचनः आजदेखि मौन अवधि सुरु, चुनावी प्रचारप्रसार गर्न नपाइने

Banner

चितवन, मंसिर १२–

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आजदेखि मौन अवधि सुरु भएको छ । यसबीचमा दल र उम्मेद्वारहरुले कुनै पनि चुनावी प्रचारप्रसार गर्न पाउने छैनन् ।

चितवनको भरतपुर महानगरपालिका वडा नंं.१६, पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं.४ र ५ वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । यी वडामा बुधबार अन्तिम चुनावी प्रचारप्रसार गरिएको थियो । यी तीनै वडामा नेकपा र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>