चितवन विशेष

शक्तिको आडमा उन्मत्त नहुनोस् : गगन थापा

Banner

चितवन, मंसिर ११-

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेकपा भित्र शक्तिको आडम्भ पलाएको बताएका छन् ।

नेपाली कांग्रेस भरतपुर महानगरपालिका–१६ को चुनाव प्रचारप्रसार समितिले गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले दुई तिहाईको सरकार र स्थानीय तह पनि आफ्नै भएकाले नेकपालाई शक्तिको मात लागेको बताएका हुन् । उनले भने, ‘म चुनावी दौडानका क्रममा नेपालका हरेक क्षेत्रमा पुगेको छु । त्यहाँ नेकपाका उम्मेदवारहरुले आँफूलाई भोट नहाले विकास नहुने धम्की दिएका छन् । यसरी शक्तिको उन्मादमा नलाग्नुस् ।’ उनले थपे ‘निर्वाचनमा समेत नडराउने नेता निर्वाचन जितिसकेपछि के डराउला ।’ तपाईँले सेवक रोज्नुहुन्छ कि शासक थापाको प्रश्न थियो ।

सरकारको शैली बदल्न नपाली कांग्रेसले निर्वाचन जित्नुपर्ने उनको भनाइ थियो । उनले शैली बदल्न मात्र नभई सरकारलाई सन्देश दिनका लागि उपनिर्वाचन कांग्रेसले जित्नुपर्ने बताए । अहिले नेपाललाई कुन दिशामा लैजाने भन्ने यो निर्वाचनले फैसला नगरे पनि सरकारलाई सन्देश दिन काम गर्ने उनको भनाइ थियो । उनले भने, ‘यो समय हामीले हिजो के ग¥यौ भन्ने होइन आज के भइरहेको छ त्यो हेर्ने हो ।’ दुईवटा पाइलटले देशलाई कता लाँदैछन् भन्ने कुराको हेक्का गरेर मतदान गर्न उनले मतदातालाई अपिल पनि गरे । उनले भने, ‘हामीले अहिलेको उपनिर्वाचनमा सब सिकाएनौं भने देश तपाईँ हामीले भनेको ठाउँमा जान सक्दैन ।’

नेता थापाले शक्तिशालीरुपमा रहेका प्रधानमन्त्री केपी शर्माले ओलीले दुई वर्षको अवधिमा जनचाहना अनुसार काम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘सरकारले काम गर्न सकेको छैन । तपाईँहरुले यस निर्वाचन मार्फत सन्देश पठाउन जरुरी रहेको छ ।” पूर्वमन्त्री थापाले केपी ओलीको सरकार अनुकुल समयमा भएको भए पनि काम गर्न नसक्दा जनता निराश भएको बताए ।

सो अवसरमा बोल्दै नेता थापाले सरकार मात्रै नभएर नेकपाका दुवै अध्यक्षका महत्वकांक्षी भएको आरोप लगाए । वडा अध्यक्षको निर्वाचनलाई आफ्नो प्रतिष्ठा ठान्ने प्रचण्डलाई सबक सिकाउन आवश्यक रहेको उनको भनाइ थियो । कांग्रेस कहिल्यै पनि नआत्तिने भएकाले जनतामा निराश नहुनसमेत उनको आग्रह थियो ।

सभालाई कांग्रेस केन्द्रीय सदस्य डिना संग्रौला, जिल्ला सभापति जीतनारायण श्रेष्ठ, नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार अमृत हमाललगायतले बोलेका थिए । कार्यक्रममा नेकपा परित्याग गरी १५० जना कांग्रेसमा प्रवेश गरेको चितवन कांग्रेसले जनाएको छ ।

राप्रपा संयुक्तको समर्थन कांग्रेसलाई

भरतपुर महानगरपालिका वडा नम्बर १६ मा मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा मनोनयन दर्ता गराएको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले आफ्नो समर्थन कांग्रेसको उम्मेदवारलाई रहने जनाएको छ । नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नम्बर १६ को चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनावी सभामा राप्रपा संयुक्तका जिल्ला सचिव केशव भण्डारीले आफूहरुको समर्थन कांग्रेसको उम्मेदवारलाई भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>