चितवन विशेष

चितवनको उपनिर्वाचनमा मतपत्र च्यातिने कल्पनासम्म नगरौंः प्रहरी प्रमुख मल्ल

Banner

नारायणी अनलाइन डेस्क

चितवन, मंसिर ११

चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले विगतको निर्वाचनबाट पाठ सिकेकोले यसपटक मतपत्र च्यातिने त कल्पनासम्म गर्न नहुने बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिकाको एक वडा र खैरहनी नगरपालिकाको दुई वडामा हुने उपनिर्वाचनमा गरिएको सुरक्षा तयारीको विषयलाई लिएर उनले त्यस्तो बताएका हुन् । भोट हाल्नेसमयदेखि नतिजा प्रकाशनसम्मलाई प्रभावकारी ढंगले चितवन प्रहरीले सुरक्षा परिचालन गरेकोले कुनै पनि अराजक क्रियाकलाप हुन नदिने उनले जानकारी दिए ।

प्रहरी प्रमुख मल्लले भने, ‘बिगतका निर्वाचनमा ७ जना प्रहरी परिचालन गरिने बुथमा यसपटक २३ देखि २५ जना प्रहरी परिचालन गरिएकोले पनि सुरक्षा व्यवस्था मजबुद बनाइएको छ । ’ उनले निर्वाचन प्रक्रियाका जुनुकनै गलत गतिविधिलाई प्रहरीले नियन्त्रणमा लिने छ । ६ वटा मतदान केन्द्र मध्ये २ वटालाई संवेदनशील केन्द्र मानेर प्रहरीले सुरक्षा योजना बनाएको उनले बताए ।

आज साँझ १२ बजेबाट निर्वाचनको मौंन अवधि सुरु हुँदै छ । विगतको स्थानीय निर्वाचनमा मतपत्र च्यातिएको कभर्ड हलमा यसपटक भने मत गणना नहुने भएको छ । चितवन निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले यसपटक भरतपुरमहानगरपालिका १६ को मतगणना कभर्ड हलमा नभई जिल्ला अदालतमा हुने बताए । निर्वाचनको लागि खटिएका सम्पूर्ण कर्मचारीहरुलाई तालिम र नियुक्ति दिएर मतदान केन्द्रमा खटाइसकिएको उनले बताए । त्यसैगरी खैरहनी नगरपालिकाका दुई वडाका मतगणना भने खैरहनीमा नै हुने उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>