चितवन विशेष

काँग्रेस कार्यकर्तामाथि आक्रमणः दोषीलाई कडा कारवाही गर्न चितवन काँग्रेसको माग

०
Banner

चितवन, मंसिर १०–

उपनिर्वाचनमा पार्टीको काममा लागेका आफ्ना कायकर्तामाथि नेकपाका कार्यकर्ताले आक्रमण गरेको भन्दै नेपाली काँग्रेस चितवनले आपत्ति जनाएको छ ।

सत्तारुढ दलका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको भन्दै काँग्रेस चितवनले घटनाको घोर भत्र्सना गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर ४ चैनपुरका काँग्रेस कार्यकर्ता टेकबहादुर परियारलाई सोमबार राति उनकै निवासमा आक्रमण भएको हो । नेकपाका स्थानीय नेता दिपक मगरको नेतृत्वमा आएको टोलीले आक्रमण गरेको नेपाली काँग्रेस चितवनको आरोप छ ।

काँग्रेसले घटनाका दोषीलाई कडा कारवाहीको माग गरेको छ । जिल्ला सचिव उत्तम जोशीले पे्रस विज्ञप्ती जारी घरमा बसिरहेका परियारमाथि आक्रमण गर्नेलाई कारवाही नभए त्यसको परिणामको जिम्मेवार प्रशासन र स्वयम् नेकपा हुने बताएका छन् । परियारले एक साता अघि नेकपा परित्याग गरी काँग्रेस प्रवेश गरेका थिए ।

आक्रमणबाट घाइते भएका परियारको टाउकोमा गम्भीर चोट लागेको छ । टाउकोमा पाँच वटा टाँका लगाएका उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । विज्ञप्ती मार्फत उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै नेकपाले आचार संहिताविपरित निर्वाचन गतिविधि गरेको आरोप काँग्रेसले लगाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>