मकवानपुर
मकवानपुरमा लागुऔषध जलाएर गरियो नष्ट
०
हेटौँडा, मंसिर ९–
जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न समयमा बरामद गरेको ठूलो परिमाणको गाँजा र चरेससहित लागुऔषध आज जलाएर नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहसहित नागरिक समाजका प्रतिनिधि, पत्रकारलगायतको रोहबरमा विभिन्न खालका सवा दुई क्विन्टलभन्दा बढी लागुऔषध नष्ट गरिएको प्रहरीले जनाएको छ । बरामद लागुऔषधलाई मकवानपुरको भिमफेदी गाउँपालिका–१ किसेडी खोलामा जलाएर नष्ट गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।
उनका अनुसार गाँजा २१० केजी ६०० ग्राम, चरेश १३ केजी ४२ ग्राम, फेनारगन, डाइजेपामलगायत लागुऔषध ५६५ एम्पुल, कोरेक्स करीब एक लिटर, विनसिरेक्स सात बोतल र नाइट्रोभेट ६८६ ट्याब्लेट जलाएर नष्ट गरिएकोे छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>