चितवन विशेष

चितवनमा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

Banner

चितवन, मंसिर ९–

चितवनमा लैंगिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सोमबार शुभारम्भ गरिएको छ ।

विभिन्न सक्रिय संघसंस्थाको अगुवाइमा सोमबार भरतपुरको चौबिसकोठीमा लैंगिक हिंसामा मृत्यु भएका व्यक्तिहरुको सम्झनामा दीप प्रज्वलन गरी अभियानको शुभारम्भ गरिएको हो ।

‘समनताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्र्तगत पहिलो दिनमा दीप प्रज्वलनका साथै ‘म हिंसा गर्दिन’ तात्पर्य बोकेको सेतो उल्टो ‘भी’ आकरको रिबन लगाई शुभारम्भ गरिएको हो ।

कार्यक्रममा जिल्लाका विभिन्न संघसंस्था, राजनीतिक दल लगायतको प्रतिनिधत्व रहेको थियो ।

आज (नोभेम्बर २५)देखि सुरु भएको कार्यक्रम डिसेम्बर १० सम्म चल्ने छ । यस अवधिमा चितवनमा विभिन्न कार्यक्रम गरिने यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनकी सह–संयोजक संगीता भट्टराईले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>