चितवन विशेष

चितवनको न्यु क्यापिटल कलेजमा रोबोटिक्स कार्यशाला

Banner

चितवन, मंसिर ९

पूर्वीचितवनको रत्ननगरमा रहेको न्यु क्यापिटल कलेजले आफ्ना विधार्थीलाई लक्ष्ति गरेर रोबोटिक्ससम्बन्धी  कार्यशाला सञ्चालन गरेको छ ।

कलेजको सभाहलमा आयोजित कार्यशालामा कलेजका कक्षा ११ र १२ का ५० जना विधार्थीको सहभागिता रहेको कलेजका पिन्सिपल भूपेन्द्र धितालले बताए । विद्यार्थीको सिप, क्षमता, सृजनशिलता  र नविनतालाई प्रोत्साहन गर्दै रोबोटिक्स कार्यशाला सञ्चालन गरेको धितालले जानकारी दिए ।

रोबोटिक्सको विकासको निम्ति विभिन्न कार्यक्रम गर्दै आएको रोबोटिक्स एशोसिएसन अफ नेपालको सहकार्यमा सञ्चालित कार्यशाला भोलि मंगलबारसम्म सञ्चालन हुनेछ भने कार्यशालामा विकास गुरुङ, निरज प्रधान र निर्भय चौधरीले सहभागी विधार्थीलाई प्रशिक्षण दिने छन्  । कलेजले यसअघि पनि विधार्थीलाई प्रत्यक्ष लाभ हुने विभिन्न गतिविधि सञ्चालन गर्दै आएको धितालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>