चितवन विशेष

आज बालाचर्तुदशी पर्व,देवघाटमा सतविज छर्नेको घुइँचो

Banner

चितवन,मंसिर ९-

आज बालाचर्तुदशी पर्व । दिवङ्गत परिवारका सदस्यहरुको सद्गतिको कामना गर्दै आज बिहानैदेखि देवघाटधाममा सतविज छर्नेको घुइँचो लागेको छ । सदविज छर्न श्रद्धालु भक्तजनहरुको आइतबार रातिदेखि नै देवघाटमा भीड लागेको थियो । सदविजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबीज छर्ने परम्परा छ ।

आजका दिन देवघाटधामको त्रिशुली र कालीगण्डकीको संगम वेणिमा सदविज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको देवघाट क्षेत्र विकास समितका सदस्य नवराज ढकालले जानकारी दिनुभयो । देवघाटमा पितृको नाममा रातभर बत्ती बालेर जागराम बस्नुका साथै बिहान गंगा स्नान गरेर सदविज छरेपछि पितृको उद्धार हुने र आफुलाई पनि फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

गतबर्षको तुलनामा यसबर्ष सतविज छर्न देवघाट आउने भक्तजनको सङख्या उल्लेख्य बृद्धि भएको ढकालले बताउनुभयो । बर्षेनी देवघाटधाम तीर्थको महत्व बढ्दै गएको उहाँको भनाई छ । चितवन,तनहुँ,नवलपरासी लगाएत देशका विभिन्न जिल्लाबाट भक्तजनहरु देवघाटमा स्नानका लागि आउने गरेका छन् ।

देवघाट क्षेत्र विकास समितिले सतविज छर्न आउने भक्तजनलाई मध्यनजर गर्दै खानेपानी,वत्ती,प्राथमिक स्वास्थ्य,सुरक्षा लगाएतको प्रवन्ध गरेको जनाएको छ । शुक्रबार मात्र वेणि संगममा समितिले सरसफाई कार्यक्रम गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>