चितवन विशेष

साप्ताहिक सञ्जाल चितवनमा टिकादत्त निर्वाचित

Banner

चितवन, मंसिर ७-

साप्ताहिक सञ्जाल नेपाल चितवनको अध्यक्षमा टिकादत्त तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।

आज (शनिबार) भरतपुरको आँपटारीमा रहेको जलदेवी सामुदायिक वनको पार्कमा भएको सञ्जालको तेस्रो अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको सदस्यहरुमा राजेन्द्र आचार्य, सूर्य बराल, शान्ता अधिकारी, हरिप्रसाद उप्रेती, सन्तोषसिंह देवकोटा, हरि कार्की, दिपक पौडेल र नविनबाबु मरहठ्ठा रहेका छन् । सञ्जालको नयाँ कार्यसमितिले आजको २५ दिन भित्र पहिलो बैठक बसी कार्यसमितिको कार्यविभाजन गर्ने निवर्तमान महासचिव राजेन्द्र आचार्यले जानकारी दिए ।

त्यस्तै, अधिवेशनको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले साप्ताहिक पत्रिकाहरु समयसँगै परिवर्तनशील हुनुपर्ने बताए । पहिले मिसन पत्रकारिताको रुपमा सुरुआत भएको साप्ताहिक पत्रिका अबको दिनमा समृद्धि र विकास निर्माणसँग जोडिनुपर्ने उनको विचार थियो । सो कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सृजना अर्याल, प्रेस संगठनका केन्द्रीय सदस्य सुरेशचन्द्र अधिकारी, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश सदस्य कोमचन्द्र भगत, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्षद्वय नारायण अधिकारी, शान्ता अधिकारी, प्रेस संगठन चितवनका नेता प्रकाशमणि ज्ञवाली, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, क्रान्तिकारी पत्रकार संगठन चितवनका अध्यक्ष होमनाथ न्यौपाने, नारायणी आवासीय घर जग्गा व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारी, जलदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशवबहादुर थापा, स्याउली बजार टोल सुधार समितिका अध्यक्ष राकेशमान श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा महासचिव राजेन्द्र आचार्यले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष हरि कार्कीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नवराज ढकालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपाध्यक्ष टिकादत्त तिमिल्सिनाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने उपाध्यक्ष सूर्य बरालले स्वागत मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>