चितवन विशेष

चितवनमा उपनिर्वाचनः साँझ ६ बजेसम्म मात्र प्रचार गर्न पाइने

Banner

चितवन, मंसिर ४–

चितवनका तीन वटा वडामा यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि साँझ ६ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनको आह्वानमा आज (बुधबार) बसेको सर्वपक्षिय बैठकले विहान ८ बजेदेखि साँझ ६ बजेसम्म मात्र प्रचारप्रसार गर्न दिने निर्णय गरेको हो । सुरक्षा समितिका अध्यक्ष एवंम प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको अध्यक्षतामा बसेको बैठकले उपनिर्वाचनलाई सुरक्षित र भयरहित बनाउनका लागि प्रचारप्रसारको समायवधि निर्धाण गरेको हो । प्रमुख जिल्ला अधिकारी बस्नेतले उपनिर्वाचनका लागि लागू भएको निर्वाचन आचार संहितालाई सबै पक्षलाई पूर्ण रुपमा परिपालना गर्ने र गराउने निर्णय भएको बताए ।

यस्तै बैठकले उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधली रहित, भय रहित र विश्वसनिय वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, मिडियालगायत सबै पक्षबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने निर्णय गरेको प्रजिअ अधिकारी बस्नेतले बताए ।

जिल्ला सुरक्षा समितिले निर्वाचन सम्पन्न हुने वडाहरुको उम्मेद्वार, मतदानस्थल, मतदान सामग्रीको सुरक्षा एवंम मतदाताहरुको मताधिकार सुरक्षण लागि आवश्यक पर्ने सबै किसिमका सुरक्षा व्यवस्था मिलाइ भयरहित वातावरण निर्माण गर्ने प्रजिअ अधिकारीले बताए ।

चितवनमा भरतपुर महानगरपालिका वडा नं.१६, पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नंं.४ र ५ मा वडा अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>