चितवन विशेष

रोटरीद्वारा भरतपुर अस्पतालमा ब्हिल चेयर वितरण

Banner

चितवन, मंसिर ३

रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ भरतपुर र रोटरी क्लब अफ नारायणगढको संयुक्त आयोजनामा सोमबार भरतपुर अस्पतालमा व्हिल चेयर वितरण गरिएको छ ।

रोटरी क्लब अफ चितवनका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारी प्रमुख अतिथि रहेका थिए भने अतिथिको रूपमा डिष्ट्रिक्ट एडिसनल सेक्रेटरी डा. आईपी ढकाल, असिस्टेन्ट गभर्नर अनिल थपलिया, भरतपुर अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेल रहेका थिए ।

नारायणगढ रोटरी क्लबका अध्यक्ष सुसनलाल प्रधानले स्वागत मन्तब्य राखेको कार्यक्रममा भरतपुर रोटरी क्लबका अध्यक्ष सुरेशबहादुर सेनले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त वितरण कार्यक्रममा १५ ओटा व्हिल चेयर वितरण गरिएको जानकारी रोटरी क्लब अफ चितवनका को सर्जेन्ट एट आर्म जनककुमार ढकालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>