चितवन विशेष

चितवनको फोब्स कलेजमा नेदरल्याण्डकी विज्ञ अकेयाको विशेष कक्षा

Banner

चितवन, मंसिर २-

विगत १५ दिनदेखि फोब्स कलेजमा विदेशी विज्ञ नेदरल्याण्डकी अकेया स्मिथद्वारा विभिन्न कक्षाहरु सञ्चालन भएको छ । नेदरल्याण्डको युनिभर्सिटी अफ एप्लाइड साइन्सको एजुकेसनल म्यानेजर हुन् । उनले कलेजमा रहने क्रममा विद्यार्थी, प्राध्यापक , कर्मचारी, कलेज प्रशासन तथा शेयर होल्डरहरुलाई विभिन्न कक्षा, तालिम र कार्यशाला सञ्चालन गरिन् ।

सोही क्रममा अध्यापनमा देखिएका विभिन्न कमीकमजोरीलाई सुझावको रुपमा प्रतिवेदन पेस गरेकी छन् । कलेजले विदेशी विज्ञलाई समय समयमा कलेजमा ल्याई कक्षा सञ्चालन गर्ने प्रतिबद्धता अनुरुप अकेया स्मिथलाई कलेजमा ल्याइएको कुरा कलेजका प्राचार्य दीपक गौतमले जानकारी दिए । यस्ता कार्यक्रमले विश्वमा भएका पछिल्ला शैक्षिक सिकाइका विधिहरु जनकारी हुँदा शिक्षकद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीले प्र्राप्त गर्न सक्नेछन् । यसले गर्दा विद्यार्थीले सजिलै विदेशी बजारमा समेत स्थान प्राप्त गर्न सक्नेछन् ।

साथै यस्ता कार्यक्रमहरु कलेजले गरिरहने बताउँदै अहिले कलेजमा बीएचएममा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी विदेशी विज्ञ ल्याइएको र चाडै नै कलेजमा अध्ययनरत आईटीका विद्यार्थीको लागि अर्को विदेशी विज्ञ ल्याउने कुरा कलेजका सहायक प्राचार्य हरिशरण पाठकले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>