चितवन विशेष

सप्तगण्डकी बहुमुखी क्याम्पसको वार्षिकोत्सवमा रक्तदान

Banner

चितवन, मंसिर १-

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको ३२ औं वार्षिकोत्सवको अवसरमा आज खुला रक्तदान गरिएको छ ।

रक्तदानमा क्याम्पसका विद्यार्थी, प्राध्यापक र कर्मचारी गरेर ५३ जनाले रक्तदान गरेको क्याम्पसले जनाएको छ । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष तथा पूर्वक्याम्पस प्रमुख बालकृष्ण पौडेलले विज्ञान विषयका प्राध्यापक सुरेश गिरीलाई ब्लड व्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको उद्घाटन गरेका हुन् ।

 

उद्घाटन सत्रमा मन्तव्य राख्दै उपाध्यक्ष पौडेलले धेरै शिक्षाप्रेमी र समाजसेवीहरुको सहयोगमा क्याम्पस आजको अवस्थामा आइपुगेको अवगत गराए । उनले भने, ‘ हामीले निकै संघर्ष र मेहनत गर्दै आजको अवस्थामा ल्याइपु¥याएका छौं । अब यसको संरक्षण र रेखदेख गर्ने जिम्मेवारी नयाँ पुस्ताको हुनेछ ।’ उनले क्याम्पसमा हुने तोडफोड र आगजनीले आफूहरुलाई दुखित बनाउने विचार राखे ।

विसं २०४५ साल मंसिर २ गते स्थापना भएको क्याम्पसमा अहिले विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा संकायमा तीन हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा विभिन्न संकायमा कक्षा ११, १२ सहित स्नातक र स्नातकोत्तर तह सञ्चालित छन् । नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पस मध्ये सातौं नम्बरमा पर्ने यो क्याम्पस क्यूएए प्रमाणपत्र प्राप्त क्याम्पस हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>