चितवन विशेष

मेला महोत्सवमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिऔंः सांसद सुवेदी

Banner

चितवन,कात्तिक ३०-

चितवनका प्रदेश सभा सांसद विजय सुवेदीले मेला महोत्सवमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । नारायणगढको नारायणी नदी किनारमा कात्तिक १५ देखि सञ्चालन भएको नारायणी महोत्सव २०७६ को समापन समारोहलाई सम्बोधन गर्दै सुवेदीले महोत्सवका नाममा पैसा विदेश पठाउने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।

उनले भने,‘महोत्सवले मनोरन्जन प्रदान गर्नुका साथै आर्थिक र सामाजिक क्षेत्रमा योगदान पु¥याएको छ,तर यसका नाममा लाखौं रुपैँया बाहिरिएको छ, त्यसमा ध्यान दिनुपर्छ ।’ देशको पैसा देशमै रहने वातावरण सबै मिलेर बनाउनुपर्ने उनले धारणा राखे ।

सुवेदीले आन्तरिक पर्यटन प्रवद्र्धनका साथै देशको राष्ट्रिय उत्पादकत्व वृद्धिमा समेत मद्दत पुगेको बताए । उनले महोत्सबमा भएका कमी कमजोरीलाई समिक्षा गर्दै आगामी दिनमा थप व्यवस्थित बनाउन सुझाब दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>