चितवन विशेष

राष्ट्रिय युवा संघ नेपाल चितवनको संयोजकमा न्यौपाने

०
Banner

चितवन, कार्तिक २८–
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालको चितवन जिल्ला संयोजकमा साविक वाइसियलबाट मोदनाथ (मधु) न्यौपाने चयन भएका छन् ।

संघको केन्द्रीय कमिटिले न्यौपानेलाई चितवन जिल्ला संयोजकमा चयन हो । तर अन्य जिल्लाहरुमा सहसंयोजक चयन गरिए पनि चितवनमा भने अझै चयन गरिएको छैन । संयोजकमा चयन भएको न्यौपाने स्थानीय तहको निर्वाचनमा भरतपुर १९ को मतपत्र च्यातेको घटनामा दोषी ठहर भई जरिवाना तिरेर रिहा भएका थिए ।

यस्तै संघले ७७ वटै जिल्लाका संयोजक र सहसंयोजक चयन गरेको छ ।गत कार्तिक १६ गते बसेको राष्ट्रिय युवा संघको बैठकले जिल्ला संयोजक र सहसंयोजक चयन गर्ने निर्णय गरेपछि बुधबार मात्रै नाम सार्वजनिक गरिएको हो ।

युवासंघले जिल्ला संयोजक र सहसंयोजक चयन गर्दा ४२ जिल्लाको संयोजक तत्कालीन एमाले निकट युवासंघले पाएको छ भने ३५ जिल्लाको संयोजक माओवादी केन्द्र निकट वाइसिएलले पाएको छ । संयोजक युवासंघको हुँदा सहसंयोजक वासिएल र संयोजक वासियलले पाएको जिल्लामा सहसंयोजक युवासंघको भागमा परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>