चितवन विशेष

रवि लामिछाने प्रकरणः दुई चिकित्सकसहित पाँच जनालाई अदालत झिकाउन आदेश

०
Banner

चितवन, कार्तिक २७–

चितवन जिल्ला अदालतले संचारकर्मी रवि लामिछानेसहित तीनजना विरुद्धको आत्महत्या दुरुत्साहन मुद्धामा दुई चिकित्सक सहित पाँच जनालाई बकपत्रका लागि झिकाउन आदेश दिएको छ ।

जिल्ला न्यायधिश हेमन्त रावलको इजलासले आज (बुधबार) पत्रकार शालिग्राम पुडासैनीको पोस्टमार्टममा संलग्न त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सकसहित पाँच जनालाई बकपत्रका लागि अदालतमा झिकाउन आदेश दिएको हो । यसअघि अदालतले आदेश दिँदा पनि अनुपस्थित भएपछि पुनः अदालतले अर्को आदेश दिएको हो ।
लामो समयपछि यस मुद्धाको आज पेशी तोकिएको थियो । अब आउँदो मंसिर २२ गते अर्को बकपत्र भएपछि थप प्रक्रिया अघि बढ्ने छ । यसअघि चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको अभियोगमा मुद्दा चलाइएका रवि लामिछाने र युवराज कँडेललाई धरौटीमा र अर्की अभियुक्त अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

पत्रकार शालिग्राम पुडासैनीले चितवनको एक होटलमा आइ आत्महत्या गरेपछि उनले रेकर्ड गरेको भिडियोको आधारमा संचारकर्मी लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरुत्साहन मुद्धा दायर गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>