चितवन विशेष
भरतपुर आस्थाचोकमा खुल्यो अर्काे कपडा बैँक
०

चितवन, कात्तिक २६-
आर्थिक अभावले कपडा लगाउन नपाएका मानिसलाई कपडा लगाउने वातावरण बनाउने उद्देश्यले भरतपुर–१२ मा कपडा बैँक स्थापना भएको छ ।
‘तपाईसँग भएको कपडालाई दोस्रो मौका दिनुहोस्, तपाईसँग भएको कपडा कसैलाई काम लाग्न सक्छ’ भन्ने मुल नाराका साथ भरतपुर–१२ आस्थाचोकमा कपडा बैँक स्थापना गरिएको हो ।
बिशुद्ध सामाजिक सेवाको लागि स्थापना गरिएको उक्त कपडा बैँकले दाताले दान गरेका सफा र लगाउन मिल्ने कपडा मात्र लिने र आवश्यक भएका व्यक्ति तथा समुदायमा वितरण गर्ने कपडा बैँकका सल्लाहकार सुजनबाबु लोहनीले जानकारी दिए । समाजसेवी सोना केसीको सक्रियतामा स्थापना भएको उक्त कपडा बैँकको शुक्रबार एक कार्यक्रमका बीच समाजसेवी बुद्धिबहादुर केसीले उद्घाटन गरेका थिए । कार्यक्रममा कपडा बैँककी प्रमुख सल्लाहकार कल्पना केसीले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























