चितवन विशेष

शून्य चोरी शिकार नेपालको सफलताः वन मन्त्री बस्नेत

Banner

चितवन, कार्तिक २६–

वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले वन्यजन्तु संरक्षणमा शून्य चोरी शिकार नेपालको सफलता भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयृुक्त आयोजनामा आजदेखि सौराहामा शुरु भएको नवौं अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री बस्नेतले शून्य चोरी शिकारका लागि संरक्षणकर्मी र स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको बताए।

मन्त्री बस्नेतले रेन्जरको काममा प्रभाव पार्ने मुद्दामा छलफल गर्नुका साथै साझेदारीका अवसर सिर्जना गर्नमा यस सम्मेलनले ठूलो अवसर प्रदान गर्ने बताए ।

सम्मेलनमा सहभागी रेन्जर, विज्ञ, व्यवस्थापक, अनुसन्धानकर्ता, नीति निर्माणकर्ताले एक–आपसमा अनुभव आदानप्रदान गरी उच्चतम प्रविधिको प्रयोग गरी काम गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

मन्त्री बस्नेतले आफ्नो जीवनलाई जोखिममा राखेर संरक्षण गर्ने रेन्जर सच्चा ‘हिरो’ भएको बताए । दुर्लभ वन्यजन्तु बाघ, गैँंडा जस्ता जनावरको सङ्ख्या वृद्धि गरी चोरी शिकार नियन्त्रण गरेर नेपालले अन्तर्राष्ट्रिय समुदाय सामु गरेको वाचा पूरा गरेको मन्त्री बस्नेतले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>