चितवन विशेष

दिव्यनगरमा भ्रष्टचार विरुद्ध छलफल

Banner

भरतपुर, कात्तिक २५

भ्रष्टचार विरुद्ध सहयोगी समूह भरतपुर–२६ को आयोजनामा भ्रष्टचार विरुद्ध अभियानमा सरोकारवालाहरुको भूमिका विषयमा आज दिव्यनगरमा छलफल भएको छ ।

कार्यक्रममा वडा २६ का अध्यक्ष ज्ञानप्रसाद खनालले अभियान सान्दर्भिक भएको भन्दै आफू पनि भ्रष्टचार नगर्ने र भ्रष्टचार हुन पनि नदिने बताए । भ्रष्टचार विरुद्ध अभियान चितवनका अध्यक्ष पूर्वसांसद भीमबहादुर श्रेष्ठले भ्रष्टचार विरुद्धका सहयोग समिति मार्फत भ्रष्टचार कम गर्न सकिने बताए ।

सोका लागि जनतालाई जागरुक हुनसमेत उनले आग्रह गरे । कार्यक्रमा समाजसेवी पृथ्वीमान गुरुङ, भूपालनाथ कँडेल, भरतपुर महानगर कार्यपालिका सदस्य गीता शर्मा, अभियान चितवनका सदस्य वडा भुवानीप्रसाद पौडेल, २६ अन्तरगतका विद्यालयका तर्फबाट आर्दश माध्यमिक विद्यालय दिव्यनगरका प्रधानाध्यापक मित्रबन्धु चापागाई, व्यवस्थापन समिति मध्येबाट युवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, सोही वडाका टोलविकास संस्था मध्येबाट कृष्णप्रसाद ढकाल, भ्रष्टचार विरुद्ध सहयोगी समूह भरतपुर–२६ का सचिव पदमप्रसाद ढकाललगायतले बालेका थिए ।

भ्रष्टचार विरुद्ध सहयोगी समूह भरतपुर–२६ का संयोजक मुक्तिनाथ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वडा २६ का सबै विद्यालयका प्रतिनिधि , टोलविकास संस्थाका अध्यक्ष सचिवका साथै सोही वडाका पुल, बाटोलगायत निर्माण उपभोक्ता समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>