चितवन विशेष

चितवनका सबै सिसी टिभी पुनः सुचारु, प्रहरीलाई अनुसन्धानमा सहज हुने

Banner

चितवन, कात्तिक २५–

देशकै मध्यभागमा अवस्थित चितवन सबै किसिमले महत्वपूर्ण जिल्लामा पर्दछ । यही जिल्ला हुँदै अपराधिक गतिविधि गर्नेहरु भित्रिने र बाहिरीने , अवैध कारोबार, सवारी दुर्घटना हुने भएकाले चितवन सुरक्षाको दृष्टिकोण महत्वपूर्ण छ । त्यसैलाई नियन्त्रण र निगरानी गर्न केही वर्षअघि जिल्लाका विभिन्न स्थानहरुमा सिसी टिभी जडान गरिएको थियो । तर त्यो सिसी क्यामेरा पटकपटक बिग्रदै गयो । यसले गर्दा हैरान भएका चितवन प्रहरीलाई अहिले भने सहज भएको छ ।

लामो समयदेखि बिग्रिएको सबै सिसी क्यामेरा मर्मत गरिएपछि प्रहरीलाई सुरक्षाका लागि सहज भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले भने–‘सिसी क्यामेरा बिग्रदा अपराध नियन्त्रण र अनुसन्धानमा धेरै नै समस्या भयो, अब सहज हुनेछ ।’

उनका लागि अनुसार भरतपुर महानगरपालिका भित्र रहेका ४० वटा सिसी टिभी पुनः सुचारु भएको छ । ती सबै सिसी टिभी गत जेठदेखि बिग्रिएको थियो । धेरै समय लगाएर प्राविधिक टिमले सिसी टिभीको मर्मत गरेपििछ आइतबारदेखी संचालनमा आएको प्रहरी उपरीक्षक मल्लले बताए ।

भरतपुर महानगरको व्यस्त बजार नारायणगढ, आँपटारीदेखि गोन्द्रासम्म ती सिसी टिभी जडान गरिएको छ । प्रहरी उपरीक्षक मल्लले भने–‘सिसी टिभी नहुँदा घटनाको प्रकृति थाहा पाउन अरुलाई सोध्नु पर्दथ्यो, अब त्यो समस्या टरेको छ ।’
मर्मत गरिएका सिसी टिभी जिल्ला प्रहरी कार्यालयबाट निगरानी हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>