चितवन विशेष
चितवनमा बरामद गरिएका १२ लाखका पटका नष्ट गरियो (भिडियोसहित)

चितवन, कात्तिक २५–
तिहारको समयमा बरामद गरिएको लाखौं मूल्य बराबरको विष्फोटक पदार्थ (पटका) चितवन प्रहरीले नष्ट गरेको छ ।
आज विहान जिल्ला प्रहरी कार्यालय परिसरमा करिव १२ लाख रुपैयाँ मूल्य पर्ने पटका भूचम्पा, आतिसबाजी जस्ता पदार्थ नष्ट गरिएको हो । पत्रकारहरुको रोहबरमा विभिन्न प्रकारका पटकाहरुलाई खाल्डोमा पुरेर नष्ट गरिएको हो ।
प्रहरी उपरीक्षक दानबहादुर मल्लले भारतीय प्रहरीको नाममा लुकाएर ल्याउँदै गरेको पटका र जिल्लामा भित्रिएका विभिन्न स्थानबाट बरामद गरिएका पटका नष्ट गरिएको जानकारी दिए । उनले तिहारको समयमा चेकिङ गर्दा त्यस अगावै पटका जिल्लामा भित्र्याउने गरेको जानकारी पाएको बताए । उनले आगामी वर्षमा अझै पटका नियन्त्रणका लागि प्रभावकारी कदम चालिने बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले पटका भित्र्याउने व्यक्तिहरुलाई पक्राउ गर्न नसकिए पनि धेरै मात्रामा पटका बरामद गर्न सफल भएको बताए । उनले अर्को वर्ष अझै प्रभावकारी रुपमा चेकजाँचलाई तीव्रता दिइने बताए ।


























