चितवन विशेष

नारायणी महोत्सव : भोलि ज्योति मगर र मिलन लामाको दोहोरीमा जुहारी

Banner

चितवन, कात्तिक २४

अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ नारायणी नदी किनारमा सञ्चालन गरिएको महोत्सवको आइतबार सात हजार दर्शकले अवलोकन गरेका छन् ।

महोत्सव सकिने दिन नजिकिँदै गर्दा दर्शकहरुको उपस्थिति बाक्लिदै गएको रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सवका संयोजक रोशन राजकर्णिकारले बताए । महोत्सवमा शनिबार सबैभन्दा धेरै दर्शक आएको नारायणी महोत्सव–२०७६ मा आइतबार दर्शकको उपस्थिति राम्रै रहेको राजकर्णिकारले बताए । महोत्सवको सांस्कृतिक कार्यक्रममा आज स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो ।

महोत्सवमा भोलि सोमबारको सांस्कृतिक कार्यक्रमअन्तर्गत ज्योति मगर र मिलन लामाले प्रत्यक्ष दोहोरो गाउने कार्यक्रम तयार भएको सहआयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताए । कात्तिक १५ गतदेखि सुरु भएको महोत्सव सोमबारसम्म सञ्चालन हुने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । महोत्सवमा भएको आम्दानीबाट अपाङ्गता भएका बालबालिकाको लागि खर्च गरिने थापाले जानकारी दिइन् । प्रतिष्ठानमा हाल २५ जना अपाङ्गता भएका बालबालिकाहरुले शिक्षादीक्षा सँगै निःशुल्करुपमा औषधिउपचार समेत गर्दै आइरहेका छन् ।

विभिन्न व्यवसायिक स्टलहरुका साथै बालउद्यानसमेत राखिएको महोत्सवमा ¥याफ्टिङ गर्ने सुविधासमेत रहेको छ । रेविका बाल प्रतिष्ठानले गरेको नारायणी महोत्सव–२०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्रालि रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटीभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>