चितवन विशेष

रत्ननगर खानेपानीको मुनाफा एक बर्षमा एक करोड ७८ लाख

Banner

चितवन,कात्तिक २४-

रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रत्ननगरले एक बर्षमा खानेपानी वितरणबाट एक करोड ७८ लाख रुपैंया मुनाफा गर्न सफल भएको छ । आर्थिक बर्ष २०७५/७६ मा ३ करोड ४५ लाख २० हजार आम्दानी गर्न सफल भएकोमा एक करोड ६६ लाख ५६ हजार खर्च भई एक करोड ७८ लाख रुपैंया मुनाफा गर्न सफल भएको हो ।

शनिवार सम्पन्न सो सस्थाको दशौं साधारणसभामा अध्यक्ष भीष्मराज पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा खानेपानीको सहज वितरणसंगै संस्थाले अपेक्षाकृत अम्दानीगर्न सफल भएको बताए ।

रत्ननगर नगरपालिका भित्र शुद्ध खानेपानीको सेवा दिँदै आएको सो संस्थाको हाल ८ हजार ६६७ घरधुरी उपभोक्ता छन् । आम्दानी अनुसार रत्ननगर खानेपानीले नगरभित्रका सुकुम्बासी तथा गरिब समुदायलाई धारा जडानमा ५० प्रतिशत छूट दिदै आएको संस्थाका व्यवस्थापक विश्वनाथ पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>