चितवन विशेष

बेटर चितवनको नयाँ कार्यसमिति गठन,संयोजकमा पौडेल चयन

Banner

चितवन,कात्तिक २३-

सामाजिक क्षेत्रमा काम गर्दै आएको बेटर चितवनमा सजिता पौडेलको संयोजकत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आज (शनिवार) संस्थाको चौथो बार्षिक उत्सवको अवसरमा भरतपुरमा आयोजित कार्यक्रम मार्फत नयाँ कार्यसमितीको घोषणा गरिएको हो। समितिको संयोजकमा सजिता पौडेल सदस्यहरुमा बिमोचन आचार्य ,बिनु श्रेष्ठ ,निशा श्रेष्ठ ,उत्तम सुवेदी ,गंगा तामाङ ,अस्मिता सापकोटा ,सुस्मिता लामिछाने ,रोहित गुरुङ ,बिनय देवकोटा ,भिमा थापामगर ,बिनिता गुरुङ ,सौगात देवकोटा चयन भएका छन् ।

यस्तै संस्थाले विभिन्न विधामा उत्कृष्ट चार जनालाई सम्मान गरेको छ । बेटर चितवनको मिनि लाइब्रेरी अन्तरगत उत्कृष्ट रिडर अवार्ड दिलिप पौडेल,बेस्ट मेनेजर अर्वाड बिमोचन आर्चाय,बेटर युथ अवार्ड २०१९,सजिता पौडेल तथा सरसफाइ तथा सामाजिक सेवामा उत्कृष्ट भुमिका निर्वाह गरेवापत वि आर युथ (वें) गु्रपलाई प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै कवि समालोचक एवम बेटर चितवनकी सल्लाहकार सरिता तिवारीले युवाहरुले राष्ट्रलाई थप जिम्मेवारी बनाउदै लैजानुपर्ने बताइन् । उनले युवाहरु नेतृत्व तहसम्म पुग्नका लागि आफू जिम्मेवार हुदै सोही अनुसार वैचारिक धारणामा स्पष्ट हुनुपर्नेमा उनको जोड छ । कार्यक्रमको अध्यक्षता संस्थाका संयोजक सुवास सापकोटाले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>