चितवन विशेष
बालबालिकामा हुने पक्षघातबारे सचेतनामूलक कार्यक्रम

चितवन, कात्तिक २३-
मस्तिकघात भएका बालबालिकाहरुलाई लक्षित गर्दै भरतपुर महानगरपालिका–२८ ज्योतिनगरमा जनचेतनामूलक संस्कृतिक कार्यक्रम भएको छ । पक्षघातका लागि अभिभावक स्वाभलम्वन समूह चितवन र स्वाबलम्वन समूह ललितपुरको आयोजनमा शनिबार सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमअन्तर्गत ज्योतिनगरमा रहेको हाटवजार लाग्ने स्थानमा विभिन्न संस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति थियो । पक्षघातका लागि अभिभावक स्वाभलम्वन समूह चितवनका अध्यक्ष लक्ष्मीकान्त घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले पक्षघातका बिरामीलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्नु आवश्यक रहेको बताएका थिए ।
भरतपुर महानगरपालिकाका वडा अध्यक्ष ज्ञानप्रसाद खनाल प्रमुख अतिथि रहेको कार्यक्रममा पक्षघात स्वाभलम्वन समूह धापासी ललितपुरका कार्यकारी प्रमुख विमललाल श्रेष्ठ, चन्द्रलेखा तुलाधर,अपाङ्ग समन्वय समितिका अध्यक्ष वालकृष्ण श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी दिव्यनगरका सभापति जीवाखर ढकाल लगायतले बोलेका थिए । कार्यक्रममा उनले पक्षघात भएका बालबालिकालाई परिवार देखिनै मायाको आवश्यकता पर्ने र उन्य अपाङ्ग भएकाहरुलाई भन्दा फरक तरिकाले स्याहारसुसार गनुपर्ने बताएका थिए । नेपालमा पहिलो पटक जनचेतनामूलक र सांगीतिक कार्यक्रम एकै साथ गरिएको थियो ।
























