चितवन विशेष

भरतपुरको आदर्श समाज सहकारीमा जीवनाथको नेतृत्व

Banner

भरतपुर, कात्तिक २३-

भरतपुर महानगरपालिका रामनगरस्थित आदर्श समाज बचत तथा ऋण सहकारी संस्थाको २० औँ साधारण सभा एवम् सातौँ अधिवेशनले जीवनाथ पराजुलीको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।

अधिवेशनले आगामी तीन वर्षका लागि समितिको उपाध्यक्षमा क्षेत्रबहादुर सुवेदी, सचिवमा पुष्पराज देवकोटा, कोषाध्यक्षमा कमला श्रेष्ठलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा चित्रबहादुर न्यौपाने, शान्ति गुरुङ, शोभा श्रेष्ठ, लक्ष्मी भट्ट र रामगतीप्रसाद गुप्ता रहेका छन् ।
यसैगरी अधिवेशनले सोमराज आचार्यको संयोजकत्वमा मेनुका बडु र युवराज केसी रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको छ । अन्य उपसमितिहरु नयाँ निर्वाचित सञ्चालक समितिले गर्ने संस्थाले जनाएको छ । अधिवेशनमा प्रदेश सांसद घनश्याम दाहाल, चितवन जिल्ला बचत तथा ऋ्रण सहकारी संघ लिमिटेडका कोषाध्यक्ष केशवप्रसाद रेग्मी, सतनचुली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लेखबहादुर भट्ट, ३ नंं. प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रकाश रानाभाट, भरतपुर महानगरपालिका वार्ड नं. १ कार्यबाहक अध्यक्ष गंगादेवी पोखरेलले शुभकामना मन्तव्य राखेका थिए । यसैगरी अधिवेशनमा संस्थापक सचिव हरिप्रसाद पोखरेल, उपाध्यक्ष राममाया गुरुङ, शिक्षा समिति संयोजक नारायणप्रसाद अधिकारी, लेखा समिति संयोजक कुष्माखर अधिकारी, पूर्वअध्यक्ष कृष्णबहादुर गुरुङ र निर्वाचन समितिका सीता गुरुङलगायतले समेत शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सचिव बाबुराम भट्टद्वारा प्रस्तुत यस वर्षको प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुष्पराज देवकोटाद्वारा प्रस्तुत करिब साढे चार करोड ८२ लाख रुपैयाँको आर्थिक प्रतिवेदन समेत सर्वसम्मत रुपमा पारित भएको छ । सहकारीमा ८०० जना सेयर सदस्यहरु रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>