चितवन विशेष

नारायणीको पुलबाट हामफालेका पुरुषको मृत्यु

Banner

चितवन,कात्तिक २१-

नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान ९ः३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका थिए । तत्काल उद्धार गरिएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको उहाँले बताउनुभयो ।

यसअघि गत शनिबार पौडिएर नारायणी पार गर्न खोज्दा चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका सुवर्ण केसी बेपत्ता भएका छन् ।त्यसअघि गत हप्ता बच्चासहित हामफालेका एक पुरुषको मृत्यु भएको थियो भने बच्चा नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । नदीमा बगेकाहरुको खोजीकार्य भइरहेकोे छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>