चितवन विशेष

नारायणी पुलबाट एक पुरुषले हामफाले, अवस्था गम्भिर

Banner

चितवन, कार्तिक २०–

चितवनको भरतपुर–३, नारायणगढस्थित नारायणी नदीमा एक पुरुषले हाम फालेका छन् ।

आज (बुधबार) विहान करिव ९ः३० बजेको समयमा पहिचान नखुलेको अन्दाजी ५०/५५ वर्षीय पुरुषले नारायणी पुलबाट हाम फालेका वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ ।

एक पुरुषले पुलबाट हाम फालेको जानकारी पाउनासाथ तत्काल प्रहरीको टोली खटिइ निजलाई घाइते अवस्थामा उद्धार गरेको छ । गम्भिर अवस्थामा उद्धार गरिएको पुरुषलाई भरतपुर अस्पतालमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>