चितवन विशेष

सप्तगण्डकी क्याम्पसमा नेविसंघको अनिश्तिकालिन तालाबन्दी

Banner

चितवन, कार्तिक १९–

नेपाल विद्यार्थी संघले भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ ।

नेविसंघ इकाइ समितिले आज (मंगलबार) विहान क्याम्पस प्रमुख मणिराज महतोको कार्यकक्षमा तालाबन्दी गरेको हो । इकाइ अध्यक्ष राजेश भुषालले विभिन्न समयमा नेविसंघले राखेको माग सुनुवाई नभएकाले अनिश्चितकालिन तालाबन्दी गरिएको जानकारी दिए । आफूहरुको माग सम्बोधन नगरी मनोमानी ढंगले क्याम्पस प्रशासन अघि बढेकोले विद्यार्थीको हक र अधिकार सुनिश्ति गर्नका लागि तालाबन्दी गरिएको अध्यक्ष भुषालले बताए ।

इकाइ सचिव साजन गुरुङले आफूहरुको माग पुरा नभएसम्म कुनै हालतमा ताला नखोलिने स्पष्ट पारे । उनले तालाबन्दीबाट भइपरी आउने क्षतिको सम्पूर्ण जिम्मेवारी स्वंम क्याम्पस प्रशासन नै रहने बताए ।

नेविसंघले विभिन्न समयमा माग राखेर प्रशासनलाई पटक–पटक ज्ञापन पत्र समेत बुझाएको छ । ती सबै माग पुरा नभएकाले बाध्य भएर आन्दोलनको जानुको विकल्प नरहेको नेविसंघको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>