चितवन विशेष
एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पः २० प्रतियोगी चौथो चरणमा प्रवेश (नामसहित)

चितवन, कार्तिक १८-
‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ अन्तरगत २० जना प्रतियोगी चौथो चरणमा प्रवेश गरेका छन् ।
तेस्रो चरणमा पुगेका ४२ जना प्रतिस्पर्धीबाट २० जना मात्रै चौथो चरणमा प्रवेश गरेका हुन् । जसमध्ये २ जना सिधै गोल्डेन कार्डमार्फत फाइनल पुगेका छन् । आर्या रेग्मी (स्काईराइडर स्कुल) र आरती काफ्ले (अरोमा स्कुल) गोल्डेन कार्ड पाउँदै फाइनल चरणको स्थान सुरक्षित गरेका हुन् । यस्तै चौथो चरणमा प्रवेश गर्नेहरुमा रुची ढकाल (एकता शिशु निकेतन), निर्जला भट्टराई (प्यारागन स्कुल), आशिष बन्जारा (एकता शिशु निकेतन), साहारा सापकोटा (विजय सामुदायिक स्कुल), शुभाञ्जली शर्मा (प्यारागन स्कुल), हिमाञ्चल पौडेल (सरस्वती निकेतन), पुस्तक पौडेल (ग्लो साइन एकेडेमी) रहेका छन् ।
त्यस्तै स्वीकृति अर्याल (नेपाल मावि), कल्याणी पोखरेल (स्काईराइडर उच्च मावि), ), सौगात आचार्य (अरोमा कलेज), सुरज पराजुली (नारायणी पब्लिक कलेज), अनुराधा पौडेल (अरोमा कलेज), श्रेया सुवेदी (सनराइज इङलिस स्कुल), पुनम ओस्ती (स्काइराडर स्कुल), आयुष्मा पोखरेल (स्काइराईडर), दिवस कार्की (पञ्चकन्या विद्यामन्दिर), दिक्षा चालिसे (जनजागृति स्कुल) र स्वेता जमरकट्टेल (जनज्योति स्कुल) रहेका छन् ।
सोमबार भरतपुरमा भएको प्रतिस्पर्धाबाट उनी चौथो चरणमा प्रवेश गरेको आयोजक विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिका प्रवन्धक विमोचन आचार्यले जानकारी दिए । यही बुधबार हुने चौथो चरणको प्रतिस्पर्धाबाट फाइनल प्रतिस्पर्धाका लागि १० जना छनौट हुने आचार्यले जानकारी दिए । सहयोगापेक्षी असहाय सडक मानवमुक्त राष्ट, नागरिकको दायित्व विषयमा प्रतिस्पर्धीहरुले आफ्नो भनाई राखेका थिए
एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस नारायणगढको मुख्य प्रायोजनामा सुरु भएको दोस्रो चरणको प्रतियोगिता मंसिमा सकिदैछ । यस प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरले प्रायोजन गरेको छ । स्पिकिङ च्याम्पमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरु सहभागि छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५० हजार, ३० हजार, २० हजार मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिने बताइएको छ ।
























