चितवन विशेष
चितवनका नेता अमिक शेरचन प्रदेश प्रमुखमा सिफारिस

चितवन, कात्तिक १८-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सातवटै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ।
आज बसेको नेकपा सचिवालय बैठकले चितवनका पुराना नेता अमिक शेरचनसहित सात जनाको नाम सिफारिस गरेको हो । यस्तै चितवनकी शर्मिला त्रिपाठी तत्कालीन माओवादीसम्वद्ध वेपत्ता परिवार समाजको अध्यक्ष हुन् । उनका श्रीमान ज्ञानेन्द्र त्रिपाठीलाई सशस्त्र विद्रोहको समयमा राज्यपक्षले वेपत्ता पारेको थियो । सिफारिस हुनेमा शेरचन, सोमनाथ अधिकारी, तिलक परियार, धर्मनाथ यादव, विष्णु प्रसाइ, त्रिपाठी र गोविन्द कलौली रहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार मन्त्रिपरिषद्को सिफारिसमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँद नियुक्त भएका प्रदेश प्रमुखलाई बर्खास्त गरेकी थिइन् । नेकपा महासचिव विष्णु पौडेलले नाम सिफारिस भए पनि उनीहरु कुन प्रदेशका प्रमुख हुने भन्ने सरकारले निर्णय गर्ने बताए।























