चितवन विशेष
चितवनमा पक्राउ परेका विप्लव समूहका पूर्व नेता लोहनी १३ दिनपछि रिहा
०

चितवन,कात्तिक १७-
नेत्रविक्रम चन्द (विप्लव) समूहका पूर्व नेता गुणराज लोहनी आज रिहा भएका छन् । उनि १३ दिनपछि आज पांच हजार धरौटी राखेर साधारण तारेखमा रिहा भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी शालिकग्राम शर्माले जानकारी दिए । लोहनी चितवनको भरतपुर महानगरपालिका ११ बसेनीबाट कात्तिक ५ गते पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले घरमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
लोहनी केहीसमय अघिसम्म विप्लव समूहको केन्द्रिय सदस्यको जिम्मेवारीमा थिए । तर, लोहनीको स्वास्थ्य समस्याका कारण केन्द्रीय समितिमा रहेर काम गर्न नसक्ने भन्दै उनलाई पार्टीबाट विदाई गरिएको थियो । लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान दिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























