चितवन विशेष
भरतपुरको कप्तानबाट अधिकारीले दिए राजीनामा
०

चितवन, कार्तिक १४–
क्रिकेटर अनिल अधिकारीले भरतपुर क्रिकेट क्लवको कप्तान पदबाट राजीनामा दिएका छन् ।
नेपाल क्रिकेट संघ प्रदेश ३ को कोषाध्यक्षमा चयन भएपछि क्रिकेट अधिकारीले भरतपुरको कप्तान पदबाट राजीनामा दिएका हुन् । अधिकारीले फेसबुकबाट राजीनामा घोषणा गरेका हुन् । उनले लामो समयदेखि आफूलाई कप्तानको जिम्मेवारी दिएको भन्दै क्लवप्रति आभार प्रकट गरेका छन् । क्रिकेटर अधिकारी प्रशिक्षक समेत हुन् ।
भरतपुर क्रिकेट क्लवले चितवनमा हुने प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ । यस क्लव चितवन क्रिकेट संघबाट आधिकारिकता प्राप्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























