चितवन विशेष
भाइटीकाको दिन चितवन प्रहरीको निःशुल्क बस सेवा
०

चितवन,कात्तिक १२-
चितवन प्रहरीले भाइटीकाको दिन निःशुल्क बस सेवा संचालन गरेको छ । आजको दिन सार्वजनिक सवारीसाधन कम चल्ने भएकाले यात्रुहरुलाई सहजता प्रदान गर्न निःशुल्क बससेवा संचालन गरेको प्रहरीले जनाएको हो ।
प्रहरीले पाँचवटा बस पश्चिम र पूर्विचितवन क्षेत्रमा संचालन गरेको छ । भरतपुरको चौविसकोठीदेखि पटिहानी, र मेघौली तथा नारायणगढदेखि लोथरसम्म निःशुल्क बससेवा संचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) दान बहादुर मल्लले जानकारी दिनुभयो । उहाँले भरतपुर महानगरपालिकासंगको समन्वयमा बस संचालन रिएको जानकारी दिनुभयो । प्रहरी स्कूल, जुनियर प्रहरी अधिकृत शिक्षालय, चितवन मेडिकल कलेजको बस र विभिन्न स्कूलका बस निःशुल्क संचालन गरिएको उहाँले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























