चितवन विशेष

चितवनमा गैँडाको आक्रमणबाट एक घाइते

Banner

चितवन,कात्तिक ९-

चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका– २८ भङ्गाहामा गैँडाको आक्रमणबाट आज बिहान ११ बजे सोही स्थान बस्ने ५४ वर्षीया जीतबहादुर बोटे घाइते भएका हुन् । बोटे धान खेतमा गैँडालाई लखेट्न जाँदा गैँडाको आक्रमणमा परी घाइते भएका हुन् ।

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको गर्धन र हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>