चितवन विशेष

मुख्यमन्त्री पौडेलद्धारा देवघाटधाम र बागेश्वरी क्षेत्रको निरीक्षण

Banner

भरतपुर, कात्तिक  ९-

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देवघाटधाम र बागेश्वरी क्षेत्रको निरीक्षण गर्नुभएको छ । आज बिहान उहाँले सो क्षेत्रको निरीक्षण गर्दै वर्तमान अवस्थाका बारेमा जानकारी लिनुभएको हो । मुख्यमन्त्री पौडेलले देवघाटमा कल्पबास सडक, दुई प्रदेश जोड्ने मैत्रीसाँघु निर्माणका सम्बन्धमा चासो देखाउनु भएको देवघाट क्षेत्र विकास समितका सदस्य नवराज ढकालले बताउनुभयो । मुख्यमन्त्री पौडेललाई देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले वर्तमान अवस्था र भएका प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

सो क्षेत्रको निरीक्षणपश्चात मुख्यमन्त्री पौडेलले देवघाट क्षेत्रलाई प्रदेश नं ३ ले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले देवघाटको विकास निर्माणमा एकरुपता र निर्माण संहिता बनाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री पौडेलले बागेश्वरी क्षेत्रलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै योगी नरहरिनाथ प्राकृतिक अस्पताल प्रदेश नं ३ कै नमूना प्राकृतिक अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलिया, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेलगायतको सहभागिता रहेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>