खेलकुद

चित्रवन कप इन्टर लायन्स/लियो फूटसल प्रतियोगिता सुरु

Banner

चितवन, कार्तिक ८–

छैठौं संस्करणको चित्रवन कप इन्टर लायन्स/लियो फूटसल प्रतियोगिता आज (शुक्रबार)देखि नारायणगढमा सुरु भएको छ ।

क्षेत्रपुरस्थित ब्रदर्श फूटसलमा प्रतियोगिता सुरु भएको हो । लियो क्लव अफ नारायणगढ चित्रवनको आयोजनामा सुरु भएको प्रतियोगिताको लायन्स क्लव इन्टरनेशनल ३२५ बी टु का सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर रामप्रसाद भट्टले समुद्घाटन गरे । कार्यक्रममा विशेष अतिथिको रुपमा लियो इन्टरनेशनल ३२५ बी टु का अध्यक्ष सरोज कँडेल, उपाध्यक्ष कुवेर पाठकलगायतको सहभागिता रहेको थियो ।

प्रतियोगितामा कुल १८ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता शनिबार समापन गरिने कार्यक्रम संयोजक रमेश कँडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>