चितवन विशेष

भरतपुरमा बेसाहारा कोही पनि बस्न नपर्ने,सडकबाट एक हप्तामा २ सय जनाको उद्धार

Banner

चितवन, कात्तिक ७-

भरतपुर महानगरपालिकालाई ‘सडकमानव मुक्त महानगर’ घोषणा गर्न लागिएको छ । मानवसेवा आश्रमको पहलमा स्थानीय प्रशासन, प्रहरीलगायतको सहकार्यमा भरतपुर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडकमानव मुक्त महानगर’ घोषणा गर्न लागिएको हो ।

आगामी शनिबार (कात्तिक ९गते) मानवमुक्त महानगर बनाउन लागिएको महानगरले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।महानगरको घोषणाको स्वरुप असोज २७ बाट रात्रि सडक अध्ययन र उद्धार अभियान गरिएको थियो । यस क्रममा सडकमा भेटिएका करिब २०० जनालाई महानगरले उद्धार गरेको थियो । त्यसमध्ये ८ जना मात्र मानव सेवा आश्रममा बस्न योग्य व्यक्ति रहेको महानगरपालिकाले जानकारी दिएको छ । अन्य व्यक्तिहरु लागूपदार्थ सेवन गर्ने, कोही बाहिरी जिल्लाबाट कामको सिलसिलामा आएका व्यक्तिहरु रहेका छन् । हरेक दिन साँझ ८ बजेदेखि रातको ११ बजेसम्म अभियान चल्दै आएको छ । त्यस्तै महानगरले यस क्षेत्रका विभिन्न स्थानहरुमा मानवता प्रवद्र्धनका लागि सम्वन्धित निकायको समन्वय र सहकार्यमा मानवसेवा आश्रमले सडक नाटक ‘लौरो’ एवम् प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बेसहारा सहयोगापेक्षी सडकमानवमुक्त घोषणा गर्नका लागिका लागि आवश्यक मापदण्ड पूरा भएको महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् । दाहालको अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित पाँच सदस्यीय अनुगमन तथा मूल्याङ्कन समितिबाट घोषणाको लागि सूचक पूरा भई रिपोर्ट प्राप्त भएपछि घोषणा गर्न लागिएको हो ।

शनिबार प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलबाट भरतपुरलाई सडकमानव मुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ । सोही दिन त्यसभन्दा अगाडि क्याम्पाचौर नारायणगढमा भेला भई पुतलीबजार, पुलचोक, शहिदचोक लायन्सचोक हुँदै भरतपुर महानगरपालिका सम्म पैदल ¥याली गरिने प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । अहिले महानगरपालिकाले सडकमा भेटिएका असायलाई मानवसेवा आश्रममा राख्ने गरेको सुवेदीले जानकारी दिए ।

यस मानव सेवा आश्रमको क्षमता ५५ जनाको मात्र रहेको छ । तर, अहिले यहाँ १०० जना रहेको मानव सेवा आश्रमका अध्यक्ष रामजि अधिकारीले जानकारी दिए । २०७१ सालमा भरतपुरमा स्थापना भएको यस मानव सेवा आश्रमले अहिले सम्म ५०० जनालाई उद्धार गरेको छ भने, ३०० जनालाई पुनर्मिलन गराइसकेको छ । बाँकी १०० जनाको मृत्यु भएको अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>