एथलेटिक्स

कागतिहारको दिन गीतानगरमा लियोको खुला दौड हुने

Banner

चितवन, कात्तिक ७-

११ औ लियो खुल्ला दौड प्रतियोगिता गीतानगरमा पर्सी कात्तिक ९ गते (कागहिारको दिन ) हुने भएको छ ।

क्लबले आज भरतपुरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । लियो क्लब अफ गीतानगरको आयोजना ,योङ्ग–नेपाल र बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ताको सहआयोजनामा कार्यक्रम गरिने भएको हो ।

खुल्ला दौड प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्तवना हुनेहरुलाई क्रमशः १० हजार , पाँच हजार र तीन हजार र एक हजार रुपैयाँसहित प्रमाण पत्र , मेडल र ट्रफीको व्यवस्था गरिएको लियो क्लब अफ गीतानगरका अध्यक्ष विशाल कोइरालाले जानकारी दिए ।

पर्यटन वर्ष–२०२० लाई सहयोग गर्ने उद्देश्यका साथ भरतपुर–१३ मा रहेको बाटुली पोखरीको पर्यटन प्रवद्र्धनका लागि दौड प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।  कार्यक्रमबाट संकलन भएको रकम विपन्न परिवारका विधार्थीलाई  सहयोग गरिने अध्यक्ष कोइरालाले बताए। कार्यक्रम भरतपुर–१३ स्थित बाटुली पोखरीमा उद्घाटन गरी भरतपुर गीतानगरमा बजारमा सम्पन्न गरिने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>