चितवन विशेष
नेकपा प्रदेश सचिवालयमा चितवनका आठ जना मनोनित, सामान्य प्रशासन प्रमुखमा थपलिया (को को छन् नामावलीसहित )
०

चितवन, कात्तिक ७-
नेकपा प्रदेश कमिटीको आज बसेको बैठकले प्रदेश सचिवालयमा चितवनका ७ जनासहित प्रदेशबाट ७२ जना मनोनयन गरेको छ ।
सचिवालयमा चितवनबाट जगन्नाथ थपलिया, दावादोर्जे लामा, कृष्णभक्त पोखरेल, यमबहादुर परियार, घनश्याम दाहाल, विजय सुवेदी, कञ्चन खनाल र ठाकुरप्रसाद ढकाल रहेका छन् । बैठकमा प्रदेश कमिटीले सचिवालय सदस्यलाई विभिन्न जिम्मेवारी पनि तोकेको छ । प्रदेशको सामान्य प्रशासन प्रमुखको जिम्मेवारीमा जेएन थपलिया, संसदीय फाँट उपप्रमुखमा विजय सुवेदी, समाज कल्याण उपप्रमुखमा प्रकाश अधिकारी, सहकारी प्रमुखमा घनश्याम दाहाल रहेका छन् । बैठकले चितवनमा हुने उपनिर्वाचनलाई ध्यान दिएर विभिन्न समिति तथा उपसमिति पनि गठन गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























