चितवन विशेष

जेसिजको राष्ट्रिय अध्यक्षमा चितवनका खनालको उम्मेद्वारी घोषणा

Banner

चितवन,कात्तिक ६-

नेपाल जेसिजको बर्ष २०२० को राष्ट्रिय अध्यक्ष पदको लागि चितवनका अरुणेश्वर खनालले उम्मेद्वारी घोषणा गरेका छन् । चितवनको भरतपुरमा पत्रकार सम्मेलन गर्दै बीसहजार जेसिजले बर्ष २०२० को राष्ट्रिय अध्यक्ष पदमा आफ्नो शाखाका पूर्व अध्यक्ष अरुणेश्वर खनाललाई उठाउने घोषणा गरेको हो ।

रत्ननगर जेसिजको उपस्थितिमा आगामी पुष ९ गतेदेखि १२ गतेसम्म चितवनकै रत्ननगरमा हुने ४६ औँ राष्ट्रिय महाधिवेसनमा आफ्नो शाखाका पूर्व अध्यक्ष खनाललाई नेपाल जेसिजको अध्यक्षको उम्मेद्वारको रुपमा अगाडि ल्याइएको बीसहजार जेसिजका अध्यक्ष सन्तोष मजाकोटीले जानकारी दिए ।

सन् २००४ देखि जेसिज यात्रामा हिडेका खनाल बर्ष २०१० मा शाखा अध्यक्ष, बर्ष २०१२ मा राष्ट्रिय उपाध्यक्ष, बर्ष २०१३ मा राष्ट्रिय महासचिव, बर्ष २०१६ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको रुपमा आफ्नो कार्यकाल चलाइसकेका छन् ।

जेसिजको उद्देश्य परिपूर्ति गर्न र नेपालभरका सक्रिय युवाहरुको क्षमता, नेतृत्व र व्यक्तित्व विकास गर्नको लागि आगामी बर्ष २०२० को अध्यक्षमा खनाललाई बिजयी गराउन समेत शाखाले अपिल गरेको छ । महाधिवेसनमा १ राष्ट्रिय अध्यक्ष, ४ राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष १२ राष्ट्रिय उपाध्यक्ष पदको लागि निर्वाचन हुनेछ ।

उम्मेदवारहरुले अधिवेशन भन्दा ४५ दिन अगावै उम्मेदवारी दर्ता गराउनुपर्नेछ । निर्वाचनमा देशभरका १ सय ४९ वटा शाखाबाट करीब १ हजार ८ सय मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>