चितवन विशेष

प्रभात दिदीबिहिनी सहकारीमा पुरुष सदस्यको पहिलो प्रवेश

Banner

चितवन, कात्तिक ६ –

प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पुरुष सदस्यलाई पनि सहकारीको सदस्य बनाउने अभियान सुरु गरेको छ ।

दशै तिहार छढ तथा शुभ दिपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको अवसर पारेर पुरुष सेयर सदस्यहरुलाई प्रवेश गराएको हो । यस अगाडि महिलाहरु मात्रै सेयर सदस्य रहेको सहकारीमा आजबाट पुरुष सदस्यता विस्तार गरिएको हो । मिलनबाबु घिमिरेलाई कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले पुरुष सदस्यको प्रमाणपत्र हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा उपप्रमुख शाहाले अब समावेशीमा जानु पर्छ भनेर जुन उद्देश्यका साथ सहकारीले पुरुषलाई पनि सेयर सदस्य विस्तार ग¥यो त्यो उदारणीय रहेको बताइन् । अब देश सम्बृद्धि तर्फ गईसकेको भन्दै उप्र प्रमुख शाहले हामीले कति कमायौ भन्दा पनि कति बचत गयौ भन्ने तर्फ ध्यान दिन आग्रह गरिन् । केही वर्ष अगाडिसम्म थोरै ऋण पनि महिलाले पाउन नसक्ने अवस्था रहेकोमा अहिले महिलाद्धारा सञ्चालित सहकारीले एकै पटकमा २५ लाखसम्म ऋण दिने सक्ने अवस्था आउनु आफैमा सुखद रहेको उनको विचार थियो ।

कार्यक्रममा नेफ्स्क्यून सञ्चालक समिति सदस्य शान्ति अधिकारीले स्थापनाकालदेखि महिलाले मात्रै सहकारी सञ्चालन गरेको अवस्थामा अब पुरुषसँग पनि हातेमालो गरेर अगाडि बढ्ने उद्देश्यका साथ सहकारीले पुरुष सदस्यता विस्तार गरेको बताइन् ।

त्यसैगरी कार्यक्रममा प्रदेश नम्बर ३ को बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य तेजेन्द्रबहादुर खड्काले नयाँ कानुन विधि र प्रविधिहरु आएको भन्दै त्यससंग जुध्न अब सहकारीहरु एकीकरणको अभ्यासमा जानु पर्ने बताए । सहरकारी मार्फत् सहकारीका सदस्यहरुको जीवनस्तर उकासिएको भन्दै अब सहकारीहरु सदस्यमा केन्द्रित हुने बताए । खड्काले भरतपुर महानरगपालिकाले व्यवसाय करका लागि लगाएको कर अव्यवहारिक भएको भन्दै त्यसका लागि सम्बन्धित निकाएको ध्यानकर्षण गराउने बताए ।

कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष केशव रेग्मी, तारापुञ्ज बचत तथा ऋण सहकारी अध्यक्ष सुदीप रेग्मी, जयकाली बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष कल्याणी ढकाल, प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकारहरु भगवती घिमिरे, भगवती पौडेलर कल्याणी मिश्र त्रिपाठीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाकी अध्यक्ष बिमला न्यौपाने ज्ञवालीको अध्यक्षता रहेको थियो भने उपाध्यक्ष बिमला तमाङले स्वागत मन्तव्य राखेकी थिइन् ।  भरतपुर महानगरपालिका वडा न १२ मालपोत चोकमा मुख्य कार्यालय रहेको यस सहकारीको तीन स्थानमा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । विसं २०५२ साल माघ २६ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा आएको यस सहकारीमा अहिले करिब चार हजार ६०० सेयर सदस्य रहेका छन् । आफ्नो टोल छिमेकमा छरिएर रहेका थोरै थोरै पूँजीलाई एकीकृत गरी संस्थागत तथा सामाजिक विकासलाई प्रबद्र्धन गर्न प्रभात दिदीबहिनी सहकारी सफल भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>