चितवन विशेष

प्रशासनले भन्यो: तिहारमा पटका पड्काउनेलाई छाड्दैनौं (विज्ञप्तिसहित)

Banner

चितवन, कात्तिक ६-

जिल्ला प्रशासन कार्यालय चितवनले तिहारमा पटका, भूइँचम्पा, आतिशवाजी जस्ता विस्फोटक पदार्थ पड्काउने लाई कारबाही गरिने जनाएको छ ।

कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै सो निर्देशन दिएको हो । सांस्कृतिक महत्वका पर्वहरु मनाउने क्रममा भूइँचम्पा, आतिशवाजी र पटाका जस्ता विस्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा नकारात्मक असर पर्ने विज्ञप्तिमा उल्लेख छ । प्रशासनले त्यस्ता विस्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण र प्रयोग नगर्न सबैलाई अनुरोध पनि गरेको छ । यदि प्रयोग गरेमा स्थानीय प्रशासन ऐन बमोजिम कारबाही गरिने विज्ञप्तिमा जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>