चितवन विशेष
चितवनको मौरी दाङमा चराउन दिइएन,स्थानीय प्रशासनले फिर्ता पठायो
०

चितवन,कात्तिक ६-
चितवनका किसानले दाङको तुलसीपुरमा चराउन लागेको मौरी फिर्ता पठाइदिएकामा भन्दै विरोध जनाएका छन् । भरतपुर महानगरपालिकाका सुभाष घिमिरेसहित ३ जना किसानले चरिचरणका लागि तुलसीपुर उपमहानगरपालिका १९ कुटिचौर लैजाँदा वडाअध्यक्ष र स्थानीय प्रशासनले फिर्ता पठाइदिएको भन्दै नेपाल किसान संघले विरोध जनाएको छ ।
भरतपुरका किसानले २०७२ सालदेखि चरिचरण गर्दै आएको ठाउँमा स्थानीयका १५० गोलला मौरी छ भन्दै स्थानीय सरकारले बाहिरको मौरी रोक लगाउनु अव्यवहारिक र घृणित कार्य भएको संघका अध्यक्ष टंकनाथ पौडेलले बताए । सरकारले जारी गरेको मौरी प्रवद्र्धन नीति २०७३ अनुसार नेपालको जुनसुकै ठाउँमा विना रोकतोक मौरी चरिचरणका लागि लैजान पाउने व्यवस्था भए पनि त्यसविरुद्ध कार्य भएको भन्दै संघले आपत्ति जनाएको छ । संघले यस्ता घटना फेरि नदोहो¥याउनसमेत चेतावनी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>