चितवन विशेष

नारायणीमा ३ सय कन्टेनर बोक्ने पानीजहाज चल्छः मन्त्री पुन

Banner

चितवन,कात्तिक ६-

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्रधानमन्त्रीको पानी जहाजको सपनालाई साकार पार्न नारायणी नदीमा पानीजहाज चलाइने बताएका छन् । आज (बुधवार) भरतपुरमा आयोजित कार्यक्रममा उनले दासढुङ्गादेखि भारतको सिमानासम्म पानीजहाज चलाउन सकिने अध्ययनले देखाएको बताए । ‘सबै स्थानमा डेढमिटर पानी भएमा २५० देखि ३०० कन्टेनर बोक्ने पानीजहाज नारायणी नदीमा चल्ने अध्ययनले देखाएको छ,उनले भने’,नारायणी नदिमा झण्डै २ मिटर भन्दा माथि पानी छ ।’ उनले अहिलेको नेचुरल फोर्सलाई आवश्यक परेमा च्यानलाईज समेत गर्न सकिने जानकारी दिए ।

‘अहिले नदि जसरी बगेको छ, त्यसरी नै तीन सय कन्टेनर बोक्न सक्ने जहाज आउने देखिन्छ, मन्त्री पुनले भने’,त्यसमा पनि कोशीभन्दा नारायणीमा बढि सम्भावना छ ।’ उनले नारायणी नदि जोडीने भारतको सिमानासम्म पानीजहाज आइसकेकाले यहाँ ल्याउन धेरै समस्या नहुने तर्क गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>